सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्दै, ५ दिनमा ४५ सयले बढ्यो



प्रकाशित मिति : Mar 06, 2020

काठमाडाैं, २३ फागुन । केही दिनयता निरन्तर उकालो लागिरहेको सुनको भाउले आज शुक्रबार पनि फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला १८ सयले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन भने ८२ हजार २ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भएको थियो ।

बुधबार तेजावी सुन प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला यी पाँच दिनमा मात्र सुनको भाउ ४ हजार ५ सयले बढेर नयाँ उचाइमा पुगेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com