टर्कीकाे संसदमा हंगामा- राष्ट्रपतिकाे आलोचना गरेकाे भन्दै कुटाकुट



प्रकाशित मिति : Mar 06, 2020

एजेन्सी, २३ फागुन । टर्कीको संसदमा कुटाकुट भएकाे छ । सिरियामा सैन्य हस्तक्षेप गरेको भन्दै एक सांसदले त्यहाँका राष्ट्रपति एर्दोगनको आलोचना गरेपछि विवाद हुँदा उग्र रूप लिएकाे हाे ।

बुधबार संसद बैठक चलिरहँदा प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।

उनले यो पनि भने कि हवाई समर्थनबिना युद्धमा सेना पठाउनु गैरजिम्मेवारपूर्ण कदम थियो । उनले राष्ट्रपतिविरुद्ध लड्न टर्किस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।

साे भिडियाे बिबिसी लगायत अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालबाट बाहिरिएकाे छ । भिडियाेमा कुटपिट भएकाे दृश्य देखिन्छ । ती सांसदमाथि अन्य दर्जनाैँ सांसद खनिएका छन् तर केहीले भने राेक्ने प्रयास गरिरहेकाे देखिन्छ ।

टर्कीले सिरियामा विद्रोहीहरुलाई सैन्य सहयोग प्रदान गरिरहेकाे छ । तर पछिल्लो महिनामा मात्रै ५० भन्दा बढी टर्की सेना मारिएका छन, यसले राजनीतिक तनावलाई बढावा दिएकाे छ । यसरी आफ्नै सेना मर्नेगरी सिरियामा गैरजिम्मेवारपूर्ण ढंगले हमला गर्नु ठीक नरहेकाे भनी ती सांसदले आलाेचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com