दुई शिक्षकबाट बलात्कृत सुस्त मनस्थितिकी किशोरीको पेटमा ८ महिनाको गर्भ, कोरोना टेष्ट गरी भागेका व्यक्ति पुनः अस्पतालमा (भिडियो)



प्रकाशित मिति : Mar 05, 2020

काठमाडौं, २२ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. मानसिक सन्तुलन ठीक नभएकी किशोरीलाई दुई शिक्षकले जबरजस्ती करणी गरेपछि…

बझाङ । बझाङको दुर्गाथलीमा आफ्नै आफन्त र शिक्षकले मानसिक सन्तुलन ठीक नभएकी किशोरीलाई जबरजस्ती करणी गरेका खुलासा भएको छ ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आँफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर उच्च माविका शिक्षक शिवराज जोशी र अर्का दाई पर्ने भैरव निमाविका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।

स्वास्थ्य परीक्षण गराउँदा उनको पेटमा ८ महिनाको बच्चा हुर्किरहेको मेडिकल रिपोर्ट आएको छ । शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ छ ।

२. कोरोना अपडेट : बजारमा मास्क अभाव, हात नमिलाउने प्रदेश सरकारको निर्णय

काठमाडौं । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ७० भन्दा बढी देशहरुमा फैलिएको छ ।

कोभिड–१९ का कारण विश्वभर हालसम्म ३ हजार २ सय मानिसको ज्यान गइसकेको छ, भने ९५ हजार भन्दा बढीमा यसको संक्रमण फैलिएको छ ।

छिमेकी मुलुक चीनमा दिनप्रतिदिन संक्रमण फैलिदै गएको समयमा नेपाल पनि यसको ठूलो जोखिममा रहेको भन्दै सजग रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ ।

३. भत्किएको पुलमाथि नै नयाँ पुलको ढलान !

तनहुँ, २२ फागुन । तनहुँको पर्यटकीय क्षेत्र बन्दिपुरस्थित फूदी खोलामा १० वर्ष पहिले निर्माण गरिएको पुल भत्किन थालेपछि गाँउपालिकाले करीब १० लाख रुपैयाँ छुट्याएर उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गरेको छ ।

तर, उक्त पुल पुनर्निर्माण गर्ने क्रममा भत्किएकै पुलमाथि नयाँ संरचना बनेपछि स्थानीय झन् जोखिममा परेका छन् ।

उक्त पुल पुनर्निर्माणका लागि जग पनि खनिएको छैन, त्यस्तै पिल्लर पनि उभ्याइएको छैन र ढलान पनि गरिएको छैन । पूरानै ग्याबिन जाली र भत्किएकै पुलको संरचनामा नयाँ पुल ढलान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com