रडमा च्यापिएर मजदुरको ज्यान गयो



प्रकाशित मिति : Mar 05, 2020
  • सवीन लामिछाने

दमौली, २२ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रडले च्यापिएर एक मजदुरको ज्यान गएको छ । ज्यान जानेमा शुक्लागण्डकी गण्डकी नगरपालिका ८ का ३५ वर्षीय केशव नेपाली रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

नेपालीले दुलेगौडा स्थित रिमाल हार्डवयेर सेन्टरमा लामो समय देखि काम गर्दै आएका थिए । ट्रकमा रड अनलोड गर्दै गर्दा पछाडिबाट आएको मिनि ट्रकले ठक्कर दिदाँ रडमा च्यापिएर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

हार्डबयेरको गोदाममा रड अनलोड गर्दा पछाडीबाट आएको ग १ क ४९१२ नम्बरको मिनि ट्रकले नेपालीलाई रडसँगै च्यापिएको थियो । रडले च्यापिएर घाइते भएका नेपालीलाइृ तत्काल उपचारको लागि पोखरा पठाएको भएता पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com