प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासहित दीप प्रज्ज्वलन



प्रकाशित मिति : Mar 04, 2020

भोजपुर, २१ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ ।

आज (बुधबार) साँझ भोजपुर सदरमुकाममा राष्ट्रिय युवा सङ्घ नेपाल भोजपुरको आयोजनामा नेकपा पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरिएको हो ।

File Picture

त्यसैगरी चितवनमा पनि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ ।

मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्लाका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

दीप प्रज्ज्वलन गर्दै नेकपा बाग्मती प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै अब उहाँको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

राष्ट्र निर्माण अभियानका नायक ओलीले अघि बढाउनुभएको समृद्धिको यात्राले सार्थकता पाउने अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजनमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायत उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com