किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ



प्रकाशित मिति : Mar 04, 2020
  • आशिष केसी

फागुन, २१ सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

गत माघको १२ गते बिहान ५ बजेको समयमा ट्युसन पढ्न जादै गरेकी किशोरीलाई धम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । करणी पश्चात ज्यान मार्ने धम्की दिएकाले लामो समयपछि मात्र आफ्नो अभिभावकलाई बताए पछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

पीडित बालिकाका आफन्तले जाहेरी दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानले आरोपी १६ वर्षीय किशोरलाई मंगलबार पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख निरीक्षक लक्ष्मण ओली बताउनुभयो ।

आरोपीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत सल्यानबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com