कार्यकक्षमा सेवाग्राहीलाई बलात्कार आरोपमा पूर्वडीएसपी खिउजु पक्राउ



प्रकाशित मिति : Mar 04, 2020

काठमाडौँ, २१ फागुन । कार्यकक्षमा सेवाग्राहीलाई बलात्कार गरेको आरोपमा पूर्व डीएसपी राजकुमार खिउजू पक्राउ परेका छन् ।

नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक खिउजू महानगरीय प्रहरी परिसर, जावलाखेलले भक्तपुरबाट पक्राउ गरेको हो ।

खिउजूले महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका सेवा लिन पुगेकी एक महिलालाई सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

खिउजूले ‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर दुर्व्यवहार गरेको आरोप रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com