कोरोनाको कहर : भेला, सम्मेलनलगाएतका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह



प्रकाशित मिति : Mar 04, 2020
  • सुरेश श्रेष्ठ,

दाङ, २१ फागुन । जिल्ला प्रशासन कार्यालय, दाङले अत्यावश्यक बाहेक कुनै पनि मेला, भेला, सभा, सम्मेलन र महोत्सवलगाएतका कार्यक्रम तत्कालका लागि नगर्न र नगराउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले बुधबार सूचना जारी गर्दै महामारीको रुपमा विश्वमै फैलिरहेको कोरोना भाइरस (कोभिड–१९’को रोकथाम, नियन्त्रण र सजगताका लागि अत्यावश्यक अवस्था बाहेक कुनै पनि सभा, सम्मेलन तथा भीड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३२ सय नाघेको छ । ९३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ५० हजार ९ सय ४९ जना पूर्ण रूपमा निको भएका छन् । अहिले ८० मुलुकमा कोरोनाको संक्रमण फैलिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com