छोरी अभिशाप होइन वरदान हो : मूख्यमन्त्री राउत



प्रकाशित मिति : Mar 04, 2020
  • घनश्याम मिश्र

जनकपुर, २१ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउतले प्रदेश भित्र अझै पनि लैंगिक विभेद र लैंगिक हिंसाका विभिन्न स्वरूपहरू देखा परेको बताउनु भएको छ ।

जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले मधेसी समाजमा पुरुष र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । प्रदेशस्तरीय लैंगिक हिंसा सम्बन्धी एक कार्यक्रममा राउतले भन्नुभयो-‘छोरी अभिशाप होइन वरदान हो ।’ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यक्रममा उहाँँले सहभागिहरुलाई प्रश्न गर्नुभयो- ‘के छोरी हुनु बोझ हो ?’

उहाँले समाज रूपान्तरणको आवश्यकता औल्याउदै अझै पनि समाजमा छोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले समाजमा व्याप्त लैंगिक हिंसा समाप्त पार्न छोरीलाई शिक्षा दिनु नै एक मात्र उपाय रहेको प्रष्ट पार्नुभयो । प्रदेश सरकारले हाल छोरीलाई प्राथमिकतामा राखेर छोरी शिक्षामा जोड दिएको जिकिर गर्दै मूख्यमन्त्री राउतले पढेपछि मात्र छोरी सही स्थानमा जान पाउने बताउनुभयो ।

भी.एच.ओ. र समग्र जनउत्थान केन्द्रको आयोजनामा प्रदेश स्तरीय लैंगिक उत्तरदायित्व तथा जवाफदेहि न्यायमा पहुँच विषयक कार्यशाला गोष्ठीमा प्रदेश २ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष प्राध्यापक डॉक्टर भोगेन्द्र झा, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बश्नेत लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com