इम्बोस्ड नम्बर प्लेटमा राज्यकोषको पाँच अर्ब गुम्दै



प्रकाशित मिति : Mar 04, 2020

काठमाडौं, २१ फागुन । सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ।

सन् २०१६ मा यातायात व्यवस्था विभाग र बंगलादेशी कम्पनी डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटबीच २५ लाख सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट आपूर्ती गर्ने ठेक्का सम्झौता भएको थियो।

सम्झौताको बुँदा नम्बर १५.१ मा सरकारी पक्षको कमजोरीका कारण रोकिएको समयमै काम हुन नसके पनि इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने कम्पनीलाई ठेक्का रकमको ९५ प्रतिशत भुक्तानी दिनुपर्ने सर्त राखिएको छ। सम्झौता समय सकिन एक वर्ष बाँकी छ।

अहिलेसम्म एक प्रतिशत पनि काम भएको छैन। बाँकी एक वर्षमा २० प्रतिशत पनि काम हुन सक्ने अवस्था छैन।यही प्रावधानको कारण तोकिएको समयभित्र काम सम्पन्न नभए पनि आपूर्तीकर्ता कम्पनीलाई करिब पाँच अर्ब रुपैयाँ सरकारले बुझाउनुपर्ने अवस्था आएको समाचार नागरिक दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com