बर्दियामा देखियाे थरूहट बन्दकाे प्रभाव



प्रकाशित मिति : Mar 03, 2020
  • ज्याेति कुमार पन्थी

गुलरिया, २० फागुन । थरूहट थारूवान राष्ट्रिय माेर्चाले गरेकाे दुई दिने आम-हड्तालका कारण बर्दिया जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

सरकारले माेर्चा सँग विगतमा गरेका विभन्न सहमति कार्यान्वयन नगरेकाे भन्दै माेर्चाले देशैभर दुई दिन बन्दकाे घाेषणा गरेकाे हाे ।

file photo

बन्दका कारण बर्दियाबाट सञ्चालन हुने लामाे तथा छाेटाे दुरिका सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन भने विद्यालय र बजारहरू समेत पूर्णरूपमा ठप्प रहेका छन् ।

सदरमुकाम लगायत मधुवन, भुरिगाउ, राजापुर, बासगढिमा व्यापक प्रहरी परिचालन गरियकाे छ । थरूहट थारूवान राष्ट्रिय माेर्चाले सरकारसँग ०६५ चैत्र १ गते र ०६९ जेष्ट १० गते भएकाे १० बुँदे सहमति कार्यान्वयन नगरेकाे भन्दै बन्द-हड्तालमा उत्रिनुपरेकाे जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com