स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयप्रति सर्वसाधारण सकारात्मक



प्रकाशित मिति : Mar 02, 2020
  • रिया भण्डारी

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु उपचारका लागि विदेशीने गर्दै आएका छन् । बेलाबखत स्वदेशका अस्पतालहरुप्रति विश्वासै नभएको होकि भन्ने आम मानिसको बुझाइ रहँदै आएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृर्गौला प्रत्यारोपण गर्न लागेकामा चिकित्सकहरु मात्र होइन, सर्वसाधारणले पनि सकारात्मक मानेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालको एनेक्स ६ सय १ नम्बर बेडमा भर्ना हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न भर्ना भएको त्रिवी शिक्षण अस्पताल नेपालमा मृगौला प्रत्यारोपण गर्ने पहिलो अस्पताल हो ।

शिक्षण अस्पतालमा हालसम्म गरेको मृगौला प्रत्यारोपणमा ९८ दशमलव ७ प्रतिशत सफल हुने गरेको छ । ८ सय जनाको प्रत्यारोपण भैइसकेको छ । दोस्रो पटक प्रत्यारोपण गर्नेको संख्या प्रधानमन्त्री सहित १० जना छन् ।


कसरी हुन्छ मृगौला प्रत्यारोपण ?

शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितिमा अर्कोले त्यसको भरथेग गर्छ । मृगौलाले शरीरमा तरल पदार्थलाई सन्तुलित रुपमा प्रवाह गर्न सहयोग गर्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

कानुनी एवं चिकित्सकिय प्रक्रिया पुरा गरेपछि मृगौला प्रत्यारोपणका लागि तयार गरिन्छ । मृगौला दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण हुन्छ ।

यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि पुनः सामान्य जीवनमा फर्काउँन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि शारीरिक स्वस्थ्यमा भने निकै सावधानी अपनाउनुपर्छ ।

हाल प्रधानमन्त्री ओलीको पहिलो प्रत्यारोपण गरेको मृगौलाले पनि काम नगरेपछि दोस्रो पटक प्रत्यारोपण गर्न लागिएको हो ।

प्रत्यारोपणको गम्भीर समस्या भनेको कतिपय अवस्थामा प्रत्यारोपण गरिएको मृगौलालाई शरीरले स्वीकार नगर्नु हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com