प्रजातन्त्र सेनानी इश्वरीकुमार आचार्यलाई पुत्रशोक



प्रकाशित मिति : Mar 02, 2020

चितवन, १९ फागुन । प्रजातन्त्र सेनानी इश्वरीकुमार आचार्यलाई पुत्रशोक परेको छ । उहाँको माइला छोरा सक्षम आचार्यको ४९ बर्षको उमेरमा उपचारको क्रममा भारतमा निधन भएको हो ।

प्रजातन्त्र सेनानी आचार्यमाथि परेको शोकप्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवारजनमा समवदेना व्यक्त गर्नु भएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले सक्षमको निधनबाट आफु मर्माहत भएको उल्लेख गर्दै नेपाली काँग्रेसले एक जुझारु युवा गुमाएको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।

यसैगरी नेपाली काँग्रेस चितवनले पनि एक विज्ञप्ती जारी गर्दै सक्षम आचार्यको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com