भारतको दिल्ली र तेलङ्गनामा पनि भेटिए कोरोना संक्रमित



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौं, १९ फागुन । भारतमा पुन: २ जना कोरोना भाइरस अर्थात (कोभिड १९)को संक्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयको सूचना अनुसार राजधानी नयाँ दिल्ली र तेलङ्गना राज्यमा एक-एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको हो ।

संक्रमित दुवैजना अन्य मुलुकबाट भारत आएको खुलेको छ । जसमध्ये एकजना इटाली र अर्का दुबइबाट आएका हुन् । उनीहरुको स्वास्थ्यस्थिति स्थिर रहेको मन्त्रालयले जनकारी दिएको छ ।

यसअघि भारतको केराला राज्यमा एक महिलामा पनि कोरोना संक्रमित भेटिएको जनाइएको थियाे । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा सङ्क्रमण देखिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com