काँग्रेस सभापति देउवाद्वारा थप ७ केन्द्रीय विभाग प्रमुखको मनोनयन



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप ७ वटा केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका ७ जना सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको हो ।

मनोनयनमा पर्नेमा एन.पी.साउद (शुभेच्छुक संस्था समन्वय विभाग), अम्बिका बस्नेत (वन, वातावरण तथा विपत व्यवस्थापन विभाग), ईश्वरी न्यौपाने (महिला विभाग) केशवकुमार बुढाथोकी (राज्य प्रशासन विभाग), मोहनबहादुर बस्नेत (खेलकूद विभाग), बीरबहादुर बलायर (निर्माण व्यवसायी समन्वय विभाग), हरिप्रसाद नेपाल (शिक्षा विभाग) रहनु भएको छ ।

यसअघि निष्कृय रहेको उक्त पदमा सभापति देउवाले उहाँहरुलाई सोमबार मनोनयन गर्नुभएको हो । सभापति देउवाले विभिन्न विभाग गठन गरी मनोनयन दर्ता गरिरहदा नेता रामचन्द्र पौडेल पक्षधर भने रुष्ठ नै रहकेका छन् । यसअघि शनिबार देउवाले विभिन्न १३ वटा विभाग गठन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com