चीनबाट उद्दार गरिएका १७५ जनामै भेटिएन कोरोनाको संक्रमण, आजै घर पठाइने



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौं, १९ फागुन । चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जनामा नै कोरोना भाइरसको संक्रमण नपाइएको पुष्टि भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

गत फागुन ३ गते नेपाल ल्याइएका उनीहरुलाई विमानस्थलबाट सिधै भक्तपूरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेपछि पुन: शनिवार सबै जनाको नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

१७५ जनामै कोरोनाको संक्रमण नभेटिएपछि उनीहरूलाई आजै घर जान अनुमति दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

चीनबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म ३,००० जनाको मृत्यु भइसकेको छ भने विश्वभर ८५ हजारमा सङ्क्रमण भएको पुष्टि भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com