मेयर कप भलिबल : सोलुमाथि पुलिसकाे सहज जित



प्रकाशित मिति : Mar 02, 2020
  • अमर काफ्ले

सुनसरी, १९ फागुन । सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस विजयी भएको छ । महेन्द्र चोकमा भएको खेलमा पुलिसले सोलुखुम्बुलाई सोझो सेटम पराजित गर्यो । ।

सोलुका खेलाडी माथि सुरुवात देखिनै हावी भएको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित दर्ता गरेको छ । पुलिसले २५–१९, २५–१५ र २५–१४ को सोझो सेटमा सोलुमाथि जित निकाल्यो ।

प्रतियोगिताका म्यान अफ द म्याच विजयी टिमका झनक सिंह घोषित भए । त्यसअघिको खेलमा झापा अनुपस्थित भएपछि आयोजक बाई पाएर सोझै अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com