मन्त्री अर्यालकाे नेतृत्वमा यसरी भत्काइयाे अतिक्रमण गरी बनाइएका ३० घर-टहरा



प्रकाशित मिति : Mar 02, 2020
  • ललन मण्डल

महोत्तरी, १९ फागुन । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरेर बनाईएका घर, टहरा भत्काइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा भत्काइएको हो । मन्त्री अर्यालले मिचिएका निगौल गाई गौशालाको जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार नै घर टहरा भत्काउन लागिएको बताउनु भयो ।

सार्वजनिक तथा गुठीका जग्गा अतिक्रमित गर्ने अभियान काठमाडौंबाट सुरु भएको र प्रदेश नम्वर २ अन्तर्गत महोत्तरीको गौशलाबाट सुरु भएको छ । संरचना भत्काउन दिएको ३५ दिने सुचना फागुन १२ गते नै सकिसकेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com