‘हिमालय बचाउ, नदी जोगाउ’ कार्यक्रम अन्तर्गत धरानमा बृहत गोष्ठी



प्रकाशित मिति : Mar 02, 2020

धरान, १९ फागुन । मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘हिमालय बचाउ, नदी जोगाउँ’ कार्यक्रम अन्तर्गत धरानमा बृह्त गोष्ठी आयोजना गरिएको छ । हिमालय क्षेत्रको विनासका कारण हुनसक्ने विपद्लाई रोक्नका लागि आइतबार उक्त गोष्ठी गरिएको हो ।

गोष्ठीका प्रस्तोता र वक्ताहरुले हिमालय बचाउ आन्दोलनलाई सामूहिक र ब्यापक बनाउनु पर्नेमा जाेड दिएका थिए । जलवायु परिवर्तन, विश्वव्यपी उष्णता र विभिन्न क्षेत्रमा परेको प्रभावबारे दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पि के संकरालिंघम, प्रा.डा. पारस पोखरेल र प्रा.डा. पशुपती चौधरीले विशेष प्रस्तुती दिएका थिए ।

मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखा सभापति पुरुषोत्तम घिमिरेको सभापतित्व र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएकाे थियाे ।

उक्त गोष्ठीमा शान्ति समाजका सभापति उत्तम पुडासैनीले नदी सफाइ अभियान र फोहोर व्यवस्थानबारे प्रकाश पार्नु भएको थियो ।

डा. विकास शाहको मन्तब्यबाट प्रारम्भ भएको गोष्ठीमा समाजका महासचिव सुशिल बस्नेतले १० बुँदे अवधारणा प्रस्तुत गर्नु भएकाे थियाे । बरिष्ठ उपसभापति गोबिन्द खनालले समाज अभियानबारे जानकारी गराउनु भएको थियो ।

कवि अर्जुन पराजुलीले वातावरण संरक्षण लगायतका विषयमा कबिता सुनाउनु भएको थियाे । गोष्ठीमा प्राध्यापक, डाक्टर, स्वास्थ्य कर्मी, चिकित्सा शास्त्रका विद्यार्थीहरु लगायत बिभिन्न क्षेत्रका २०० भन्दा बढी व्यक्तिहरू सहभागि भएका थिए


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com