अमेरिकामा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ पुग्याे



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौँ, १९ फागुन । अमेरिकामा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । शनिबार किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका ७० वर्षीय पुरुष बिरामीको संक्रमणका कारण मृत्यु भएको हो। यो सँगै अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसअघि वासिंगटनमा ५० वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।सोमबार बिहानसम्म अमेरिकामा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाका अन्य सङ्क्रमितहरू देखिन सक्ने भन्दै सावधानी अपनाउन निर्देशन दिएका छन् । अमेरिकाले पहिल्लो समय कोरोना अति प्रभावित इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्ने तयारी गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको पछिल्लो जानकारी अनुसार हाल विश्वभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com