तीन महीनापछि २२ गते २ नं प्रदेशको प्रदेश सभा बैठक बस्दै



प्रकाशित मिति : Mar 02, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ फागुन । लामो समय पछि २ नं प्रदेशको प्रदेश सभा बैठक बस्ने भएको छ । करीव तीन महिनादेखि अवरुद्ध बैठक फागुन २२ गते दिनको १ बजे बस्ने भएको छ ।

भुक्तानीको विषयलाई लिएर सत्ता पक्ष, प्रतिपक्ष बीच वादविवादका कारण प्रदेश सभाको बैठक अवरुद्ध हुँदै आएको थियो । गत पुष १४ गते बसेको बैठक दुई पक्ष बीचको विवादका कारण मुश्किलले ५ मिनेट पनि चल्न सकेको थिएन । त्यसयता बैठक नै बसेको थिएन ।

लामो समय सम्म बैठक नबस्दा कानून निर्माणमा कठिनाइ पर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com