प्रिय साथी ओलीजी, पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून् : मोदी



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिनुभएको छ । मोदीले सोमबार एक ट्वीट गर्नुहुँदै प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका गर्नुभएको हो ।

‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ भारतीय प्रधानमन्त्री माेदीले लेख्नुभएकाे छ, ‘भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घायूको आशिर्वाद दिऊन् ।’

मोदीले नेपाल-भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि उल्लेख गर्नुभएकाे छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैहुनुहन्छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्रत्यारोपण गरिंदैछ ।

प्रधानमन्त्री ओलीलाई उहाँकी नातिनीले मृगौला दिंदैछिन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com