बुटवलमा पहिलो पटक ‘आईसीयु’ र भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा



प्रकाशित मिति : Mar 02, 2020
  • कृष्ण पाण्डे

बुटवल, फागुन १९ । बुटवलमा पहिलो पटक ‘आईसीयु’ र भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा सुरुवात गरिएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्बुलेन्सको सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गर्नुभयो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा बिरामीलाई राखेर काठमाण्डौ लैजाँदा भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी २५ हजार रुपैया भाडा कायम गरिएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चिकित्सक साथमा रहने छन् भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com