बोक्सीप्रथा, दाइजोजस्ता कुरीतिमाथि संसदमा छलफल



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौँ, १९ फागुन । कानुनको प्रभावकारी कार्यान्वयन गर्न राज्य चुक्‍नु, गरिबी, अशिक्षा र चेतनाको कमीका कारण बोक्साबोक्सी र दाइजोजस्ता कुप्रथाका साथै एसिड आक्रमणका घटना बढेको सांसदहरूको भनाइ छ । सत्तारुढ नेकपाकी सांसद बिन्दा पाण्डेले प्रतिनिधिसभामा राखेको विशेष महत्वको प्रस्तावमा धारणा राख्दै सांसदहरूले कानुनको प्रभावकारी कार्यान्वयन गर्दै समाजमा व्याप्त कुप्रथाविरुद्ध स्थानीय तहमा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।

सांसदपाण्डेले ‘बोक्साबोक्सी, दाइजोलगायत कुरीति तथा एसिड प्रहारजस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, संवेदनशील र अमर्यादित प्रथा प्रचलन रकुरीति विकृतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्‍चालन गर्न आवश्यक भएको’ भन्दै प्रस्ताव गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरूले राज्य सञ्चालक र कानुन निर्माताले निर्णायक भूमिका खेल्नुपर्ने बताएका हुन्।

सांसदहरूले अहिलेको पुस्ताले नै यी कुप्रथाको अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। आगामी पुस्ताले दाइजो र बोक्साबोक्सीजस्ता कुप्रथा तथा एसिड आक्रमणजस्ता जघन्य अपराध भोग्न नपरोस् भनेर बहस होस् र तीविकृति उन्मूलनका लागि राज्यका निकायले भूमिका खेलुन् भनेर उक्त प्रस्ताव ल्याएको सांसद पाण्डेले बताइन्। ‘अब जन्मने छोरीहरूले त्यो अवस्था भोग्न नपरोस्। विद्यालय जान पाउन्,’ प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन्। महिलाको आत्मसम्मान र आत्मविश्वास बढाउनका लागि उक्त प्रस्ताव ल्याएको उनको भनाइ थियो। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com