दशकौंंमा निर्माण सम्पन्न भएनन् ‘गौरवका आयोजना’



प्रकाशित मिति : Mar 02, 2020

काठमाडौं, १९ फागुन । सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।

सरकारी लक्ष्यअनुसार यो आयोजना आर्थिक वर्ष २०६९/७० भित्रै निर्माण सम्पन्न हुनुपथ्र्याे। तोकिएको समयभन्दा झण्डै सात वर्ष गुजारिसकेको यो आयोजना निर्माणकै चरणमा छ।

बबई मात्र होइन् सरकारले अघि सारेका आधा दर्जनभन्दा धेरै गौरवका आयोजना एक दशकभन्दा बढी समय बित्दा पनि निर्माण सम्पन्न हुन सकेका छैनन्। सरकारले वर्षैपिच्छे बबई सिँचाइ आयोजनाको कार्यतालिका संशोधन गरे पनि काममा विलम्ब भइरहेको छ।

आयोजना बेलैमा सम्पन्न नहुँदा संशोधित कुल लागत १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सरकारले पछिल्लो पटक आर्थिक वर्ष २०७८/७९ सम्म यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा सो आयोजनाका लागि एक अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २९ करोड पाँच लाख रुपैयाँ अर्थात् १९.४ प्रतिशत मात्रै खर्च भएको छ।

पछिल्लो वर्षको समीक्षा अवधिसम्म १.५ किलोमिटर मूलनहर निर्माणको लाइनिङ तथा ५.५ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण भएको छ। बबई आयोजनाका निर्देशक मधुकर रानाले सरकारले आवश्यकभन्दा कम बजेट विनियोजन गरेकाले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको बताए। ‘यो आयोजनाका लागि अर्बाै रुपैयाँ आवश्यक पर्नेैमा सरकारले करोड मात्रै विनियोजन गर्दा काम तीव्र रुपमा अघि बढाउन सकिएन,’ उनले नागरिकसँग भने, ‘पहिला–पहिला अति नै कम बजेट विनियोजन भएकाले आयोजना समयमा निर्माण हुन नसकेको हो।’ निर्देशक रानाले अहिले पनि आयोजनामा बजेट अभाव कायमै भएको जानकारी दिए। यो खबर आजको नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com