‘प्रचण्ड’माथि जुत्ता प्रहार, नेपालमा कोरोनाको हालको स्थितिबारे सम्बन्धित डाक्टर लाइभ (भिडियो)



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. नेकपा अध्यक्ष ‘प्रचण्ड’माथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।

नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिसक्ने वित्तिकै दर्शक दीर्घाबाट अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

प्रहार गरेको जुत्ता उहाँलाई नलागे पनि उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले दौडेर गएर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

२. दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशंका

काठमाडौं । दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका भएपछि अस्पताल भर्ना भएका छन् ।

दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशंका भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको होइन । कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।

३. बाटो नै नभएको ठाँउमा ठेकेदारले पक्की पुल बनाएपछि…

चितवन, १८ फागुन । चितवनको रत्ननगरस्थित बुढी राप्ती खोलामाथि पुल निर्माण भएपनि पुलसम्म पुग्ने सडकनै छैन ।

रत्ननगर र खैरहनी नगरपालिका जोड्ने उक्त पुल निर्माणको अन्तिम चरणमा छ । तर, पुलको एकतर्फ ६ मिटरको बाटो भएपनि अर्कोतर्फ भने बाटो नै छैन ।

सडक विभागले पहिले बाटो भएकै ठाँउमा पुल निर्माण गर्नेगरी सर्वे गरेपनि अहिले पुल फरक स्थानमा बनेको छ । सडक विभागमार्फत लोहनी एण्ड सन्सले ८ करोड ४५ लाख रुपैयाँमा उक्त पुल निर्माणको जिम्मा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com