बाटो नै नभएको ठाँउमा ठेकेदारले पक्की पुल बनाएपछि…



प्रकाशित मिति : Mar 01, 2020

चितवन, १८ फागुन । चितवनको रत्ननगरस्थित बुढी राप्ती खोलामाथि पुल निर्माण भएपनि पुलसम्म पुग्ने सडकनै छैन ।

रत्ननगर र खैरहनी नगरपालिका जोड्ने उक्त पुल निर्माणको अन्तिम चरणमा छ । तर, पुलको एकतर्फ ६ मिटरको बाटो भएपनि अर्कोतर्फ भने बाटो नै छैन ।

सडक विभागले पहिले बाटो भएकै ठाँउमा पुल निर्माण गर्नेगरी सर्वे गरेपनि अहिले पुल फरक स्थानमा बनेको छ । सडक विभागमार्फत लोहनी एण्ड सन्सले ८ करोड ४५ लाख रुपैयाँमा उक्त पुल निर्माणको जिम्मा लिएको थियो ।

उक्त पुल निर्माण कम्पनीका सञ्चालक अनिल लोहनीले सर्वे भएको ठाँउबाट बोरिङ नभएपछि बोरिङ भएको ठाँउबाट पुल बनाएको बताए ।

बाटो नै नपुगेको आफ्नो जग्गामा एकाएक ठेकेदारले पुल बनाएपछि स्थानीय प्याराकृष्ण श्रेष्ठ अचम्ममा परेका छन् ।

रत्ननगर नगरपालिका ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराईले समेत पुल आवश्यक भएपनि सडक विस्तारको कुनै पनि योजना नबनाई निर्माण गरिएकाले समस्या भएको बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com