प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति विप्लव समूहमा आबद्ध रहेको नेकपा जुम्लाको भनाइ (बिज्ञप्तिसहित)



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरिसक्ने बित्तिकै जुत्ता प्रहार भयो । त्यसको लगत्तै अध्यक्ष दाहालको सुरक्षार्थ खटिएका सुरक्षकर्मीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिए ।

उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीको सोधपुछ अनुसन्धान पछि उनको पहिचान खुल्यो । उनले प्रहरीसमक्ष आफ्नो घर जुम्ला सिञ्जा र नाम रतन तिरुवा भएको बताएका छन् ।

उनले आफ्नो बुबाले माओवादी जनयुद्धको क्रममा ज्यान गुमाएको बताएका छन् । साथै उनले आफू हाल काठमाडौंमै बसेर लोकसेवाको तयारी गरिरहेको प्रहरी सोधपुछको क्रममा बताए । तर नेकपा जिल्ला कमिटी जुम्लाले भने उनका बाबु सशस्त्र द्वन्द्वमा नमारिएको स्पष्ट पारेको छ ।

नेकपा जिल्ला कमिटी जुम्लाले एक बिज्ञप्ति जारी गर्दै सत्तारुढ नेपाल कमयुनिष्ट पार्टी नेकपाको समर्थक नभई विप्लव समुहको व्यक्ति भएको जनाएको छ । नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले हस्ताक्षर गरेको उक्त बिज्ञप्तिमा प्रचण्डमाथि जुत्ता प्रहार भएका घटना प्रति भत्र्सना गर्दै जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जनाइएको छ ।

बिज्ञप्तिमा उक्त व्यक्तिले जुम्लामा पनि-पटक पटक अराजनीतिक कार्यमा रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको उल्लेख गरिएको छ । साथै यस्ता अपराधिक र घृणित कार्यमा संलग्न तिरुवालाइ कडाभन्दा कडा कारवाही गर्न नेकपा जुम्लाले माग गरेको छ । बिज्ञप्ति


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com