त्रिवि बीएससी सीएसआईटी कप टी-२० क्रिकेटमा प्राइम र लरेन्सको सफलता



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो ।

प्राइमले ११ ओभरमा ३ विवेट क्षतिमा लक्ष्य भेटायो । ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए ।

न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनिएरिङलाई ७९ रनको फराकिलो अन्तरले हरायो । सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो ।

हिमालयन ९५ रन बनाउदै अलआउट भयो । विजेताका किशोर गहतराज ‘म्यान अफ द म्याच’ चुनिए । उनले ४ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com