दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् ।

दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको हाेइन। कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com