कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलिया र भारतमा पनि एक- एक जनाकाे मृत्यु



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फगुन । कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय नागरिकको आइतबार मृत्यु भएको हो । तर अस्पतालले उनको नाम गोप्य राखेको छ ।

कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

भारतमा पनि कोरोना भाइरसको संक्रमणबाट एक युवाको मृत्यु भएको छ । ३६ वर्षका यी युवा मलेसियाबाट फर्किएका थिए । उनी सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com