शाओमीको ‘रेड्मी ८ए ड्युअल’ नेपालमा सार्वजनिक, यस्ता छन् फिचर्स



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेड्मी ‘ए’ सिरिजको अर्को पुनरावृत्ति–नयाँ औरा एक्सग्रिप डिजाइन र ड्युअल रियर क्यामेरा भएको ‘रेड्मी ८ए ड्युअल’ नेपालमा सार्वजनिक गरेको छ ।

रेड्मी ‘ए’ सिरिजलाई अझै उत्कृष्ट बनाउँदै पहिलो पटक ‘रेड्मी ८ए ड्युअल’मा ड्युअल क्यामेरा दिइएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर दिइएको छ, जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ ।

हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड दिइएको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।

यस स्मार्टफोनमा दिइएको औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्छ ।

६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ ‘रेडमी ८ए ड्यूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ, जसले इमर्सिभ अनुभव प्रदान गर्दछ ।

यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्री दिइएको छ । साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स)पनि दिइएको छ ।

पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा–कोर चिपसेट दिइएको छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यस स्मार्टफोनमा २ प्लस १ ड्यूअल सिम स्लट छ ।

डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२ जीबीसम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्नेछ । यस स्मार्टफोन ब्लू, स्काई ह्वाइट र मिडनाइट–ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com