नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको नियन्त्रणमा



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिसक्ने वित्तिकै दर्शक दीर्घाबाट अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

प्रहार गरेको जुत्ता उहाँलाई नलागे पनि उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले दौडेर गएर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

जुत्ता किन र कस्ले प्रहार गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन । अध्यक्ष प्रचण्डको हरेक कार्यक्रम फेसबुकमार्फत लाइभ गर्दै आएको कमरेड प्रचण्ड नामक फेसबुक आइडीबाट गरिएको प्रत्यक्ष फेसबुक लाइभमा पनि प्रचण्डमाथि जुत्ता प्रहार गरिएको प्रत्यक्ष देख्न सकिन्छ । तर सम्बोधन सकिनु र जुत्ता प्रहार एकैपटक भएपछि फेसबुक लाइभ बन्द गरिएको थियो ।

यद्धपि फेसबुक लाइभमा प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जुत्ता प्रहार पछि जुत्ता फ्यालिएको दर्शकदीर्घा तिर दौडिएका थिए । प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्नेलाई उनको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतमोहन शालिन प्रवृृतिको व्यक्ति भएको र कम्युनिष्टलाई आचरण एवं सिद्धान्तमा निष्ठ भएर बस्ने मार्ग निर्देशन दिने गरेकोले उनको मार्ग निर्देशनमा चल्नु नै सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com