प्रधानमन्त्री ओलीले बाँस्कोटाको अडियो नक्कली हो भनेकोप्रति शेरबहादुर देउवाको आपत्ति



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले बोलेको अडियोमा हामी भन्ने शब्दले को ÷ को पर्ने हो भन्दै प्रश्न गर्नु भएको छ ।

आइतबार संसदको बिशेष समयमा बोल्दै सभापति देउवाले अडियोमा हामीलाई कति आउछ भनेको प्रष्ट सुनिएकोले हामी भन्नाले को \ को पर्ने भन्दै प्रधानमन्त्रीलाइ प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो – गोकुल बाँस्कोटाले हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ , म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् हामीमा को को पर्छन् ?

उहाँले अडियो बाहिरिएको एकसाता बितिसक्दा पनि सरकारले छानविन सुरु नगरेको भन्दै आपत्ति जनाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटा प्रकरणको अडियो नक्कली हो भनेकोप्रति पनि आपत्ति जनाउँदै देउवाले यस्ले छानविनलाई प्रभावित बनाउन नहुने आग्रह पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com