अज्ञात व्यक्तिले प्रहार गरेकाे गोली लागेर महोत्तरीमा एक व्यक्ति गम्भीर घाईते



प्रकाशित मिति : Mar 01, 2020
  • ललन मण्डल

महोत्तरी, १८ फागुन । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा महोत्तरीमा एक व्यक्ति गम्भीर घाईते भएका छन् ।

आज बिहान २ बजे मनरासिवा नगरपालिका–३, का सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हो । घाईते यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com