नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालको जापान च्याप्टर गठन



प्रकाशित मिति : Mar 01, 2020

जापान, १८ फागुन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)काे जापान च्याप्टर गठन भएको छ ।

जापानमा रहेर विभिन्न सञ्चारमाध्यमहरुमा क्रियाशील नेपाली पत्रकारहरुको आबद्धतामा (ईञ्जा) जापान च्याप्टर गठन भएको हो ।

ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका आनन्द कोइरालाको अध्यक्षतामा (ईञ्जा) १७ सदस्यीय जापान समिति गठन गरिएको छ । जापान च्याप्टर उपाध्यक्षद्वयमा राजन गौतम र राजबिन थापा, सचिवमा दीपक गौतम रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा खड्ग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, सचिन आचार्य, किरण पाण्डे, विश्वास आचार्य, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल रहेका छन् ।

यस्तै जापान च्याप्टरको सल्लाहकारमा जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई चयन गरिएको छ ।

नव गठिन समितिले ईञ्जाको विधानमा रही एकबद्ध हुँदै नेपाली समुदायको हितका लागि काम गर्ने उपाध्यक्ष राजन गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com