ताप्लेजुङ समाजको ‘वृहत पदयात्रा’ सम्पन्न (फाेटाेफिचर)



प्रकाशित मिति : Mar 01, 2020

काठमाडौं, १८ फागुन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर काठमाडौंमा ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित आयोजित ‘वृहत पदयात्रा कार्यक्रम’ सम्पन्न भएको छ।

ताप्लेजुङ समाजले शनिबार आयोजना गरेको पदयात्रा बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायणडाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो। करिब १५ किलोमिटर दूरीको पदयात्रामा ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकसहित १५ सय बढी पदयात्रीले सहभागी भएका थिए।

यसअघि पदयात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराई र पूर्वमन्त्री गगनकुमार थापाले संयुक्तरूपमा गरेका थिए।

तस्वीरमा हेर्नुहाेस्


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com