सरकारलाई दवाव दिन कांग्रेस, समाजवादी र राजपा बनायाे मोर्चा



प्रकाशित मिति : Feb 29, 2020


काठमाडौं, १७ फागुन ।
विपक्षी दलहरु मोर्चा बनाउने कसरतमा जुटेका छन् । प्रमुख विपक्षी दल कांग्रेससहित राष्ट्रिय राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी रहेका छन् । सरकारलाई खबरदारी गर्न विपक्षी दलहरु कार्यगत एकतामा उभिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुलाई कार्यगत एकताका लागि प्रस्ताव गरेको थियो । संघीय संसदको प्रतिनिधि सभामा सत्तारुढ दल नेकपाका १७४ जना सांसद छन ।

सरकारले पछिल्लो अवस्थामा समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरेसँगै दुईतिहाई बहुमत गुमाएको छ । काँग्रेसका ६३, राजपाका र समाजवादीका १७/१७ गरी जम्मा प्रतिनिधि सभामा ९७ जना प्रतिपक्षी सांसद छन् ।

कहिले विपक्षीलाई त कहिले सरकारलाई साथ दिँदै आएका नेमकिपा र राप्रपाको १/१ सिट संख्या छ । सरकारका पछिल्ला गतिविधिले प्रतिपक्षी दलहरुलाई प्रमुख मुद्दामा एक ठाउँमा उभिने वातावरण बन्दै गएको उनीहरुको भनाई छ ।

रचनात्मक खबरदारीका लागि विपक्षी दलहरु एक ठाउँमा उभिनु सकारात्मक हुने सत्तारुढ दलले प्रतिक्रिया दिएको छ । यसलाई स्वभाविक पनि मानेको छ ।

अहिले पनि सुविधा जनक बहुमतमा रहेको सरकारले राजपालाई सरकारमा सामेल गराएर भएपनि दुईतिहाई पु¥याउन चर्चा पनि चलेको थियो । तर, राजपाले सरकारमा जान अस्वीकार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com