अमेरिका र तालिवानबीच ऐतिहासिक शान्ति सम्झैतामा हस्ताक्षर



प्रकाशित मिति : Feb 29, 2020

एजेन्सी, १७ फागुन । अमेरिका र तालिवानबीच ऐतिहासिक शान्ति सम्झैतामा हस्ताक्षर भएको छ । अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई आफगानस्तानबाट फिर्ता लौजानेगरी तालिवानले सम्झैता गरेको हो ।

सम्झौता अनुसार तालिवानले प्रतिबद्धताहरु कायम राखे अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता लानेछ । काबुलमा भएको अमेरिका–अफगानबीचको संयुक्त निर्णयमार्फत उक्त घोषणा भएको हाे ।

सम्झैतामा हस्ताक्षर गर्न तालिवानी लडाकुहरु कतारको दोहा पगुेका थिए भने उता अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सम्झौतामा हस्ताक्षर गर्न दोहा आइपुगेका थिए ।

यो सम्झैतासँगै १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य हुने आशा जागेको छ । त्यस्तैगरी अफगानिस्तान पनि द्वन्द्ध र अशान्तिलाई टुङ्याउदै शान्तितर्फ उन्मुख हुने पक्षमा देखिन्छ । यसअघि यो सम्झैता गर्न तालिबानले अस्वीकार गर्दै आएको थियो ।

सम्झैतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा सातदिनभन्दा लामो युद्धविराम भएको बताइएको छ । केहिदिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तितर्फ लाग्न आह्वान गर्दै विज्ञप्तिमार्फत अफगानिस्तानमा युद्ध अन्त्यका बाटो खुलाउने आशा दिएका थिए ।

यसअघि सन् २०१८ मा तालिबानले पनि शान्तिको मार्ग खोज्ने प्रयास गर्दैअमेरिकी अधिकारीहरूलाई भेट्ने बताएको थियो । यद्यपि लडाकुहरूले भने काबुलस्थित सरकारसँग औपचारिक वार्ता गर्न मानेको थिएनन् । कतारमा भएको अमेरिका–तालिबानको नौ चरणको वार्तापछि दुवै पक्ष सम्झौताको नजिक पुगेका हुन् ।

सन् २०१९ को सेप्टेम्बरमा वासिङ्टनका वरिष्ठ वार्ताकारले तालिबान लडाकुसँगको सैद्धान्तिक सम्झौताको एउटा हिस्साको रुपमा आफ्ना ५,४०० फौजलाई २० साताभित्र अफगानिस्तानबाट फिर्ता गर्ने घोषणा गरेका थिए ।

तर त्यसको केही दिनपछि नै राष्ट्रपति ट्रम्पले उक्त वार्ता जीवित नरहेको बताका थिए । तालिबान समूहले आफूहरूले अमेरिकी सेना मारेको स्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले त्यस्तो बताएका थिए।

अन्तत: अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झैतामा हस्ताक्षर भएको छ । यसले विश्वमै शान्तिको सानो दियो बलेको विश्व समुदायमा सन्देश जान्छ । २ बर्षयत कतारले दुई पक्षबीच बार्तको मध्यस्ता गर्दै आएको मछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com