सभापति देउवाले तोके १३ विभागका प्रमुख, सूचना सञ्चार तथा प्रचार विभागको जिम्मा प्रवक्ता शर्मालाई



प्रकाशित मिति : Feb 29, 2020

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ विभागका प्रमुखहरु ताेक्नुभएको छ ।

सभापति देउवाले शनिबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम १३ विभागका प्रमुखहरु तेक्नुभएको हो ।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बन्नुभएको छ । त्यस्तै, रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुख तोकिनु भएको छ, भने विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिनुभएको छ ।

यस्तै, क्रमशः संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, मुस्लिम विभागको प्रमुखमा फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभागको प्रमुखमा अर्जुनप्रसाद जोशी, वित्तीय तथा सहकारी संस्था समन्वय विभागको प्रमुखमा आनन्दप्रसाद ढुंगाना, मधेश समन्वय विभागको प्रमुखमा अजकुमार चौरासिया, यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा महेन्द्रराय यादव तोकिनुभएको छ ।

यता तरुण विभागको प्रमुखमा शंकर भण्डारी, आदिवासी जनजाती विभागको प्रमुखमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा गोविन्द भट्टराई, उद्योग व्यापार विभागको प्रमुखमा चिनकाजी श्रेष्ठ र श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा शिवप्रसाद हुमागाँई तोकिनुभएको छ ।

यसैबीच सभापति देउवाले ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ ।

जारी प्रेस विज्ञप्ती अनुसार सभापति देउवाले कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com