नयाँ डिजाइनको स्मार्टवाच सार्वजनिक गर्ने तयारीमा जुट्यो एप्पल



प्रकाशित मिति : Feb 29, 2020

काठमाडौं, १७ फागुन । अमेरिकन मोबाइल कम्पनी एप्पल (Apple)ले सँधै इनोवेटिभ ग्याजेट्स लिएर आउँछ ।

कम्पनीले आफ्नो प्रोडक्टको लुकलाई लिएर सँधै गम्भीर रहन्छ । यसैबीच एप्पलले आफ्नो नयाँ स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सार्वजनिक गर्न लागेको एप्पल वाच सिक्स (Apple Watch 6)को लुक निकै सानदार छ । यस स्मार्टवाचको लुककै कारण पनि ग्राहकहरुले खरिद गर्न चाहन्छन् ।

एप्पलले पहिल्यैदेखि आफ्नो स्मार्टवाचमा स्क्वेटर स्टाइल डिजाइनको प्रयोग गर्दै आएको छ । तर, यो पटक भने एप्पलले आफ्नो पूरानो डिजाइन भन्दा केही फरक डिजाइनमा एप्पल वाच सिक्स (Apple Watch 6) मा गोलो डायलको प्रयोग गर्नसक्नेछ ।

कम्पनीले सार्वजनिक गर्न लागेको नयाँ एप्पल वाच सिक्स (Apple Watch 6)को टिजर अनुसार यसमा कम्पनीले माइक्रो एलईडी प्यानल प्रयोग गर्ने भएको छ ।

कम्पनीले यस स्मार्टवाचमा कयौं फिचर्स दिनेवालामा छ । जानकारी अनुसार यस स्मार्टवाचमा कम्पनीले निकै स्लिम रोटेटिङ स्पिकरको प्रयोग गर्ने भएको छ । यस स्मार्टवाचमा २८ घण्टासम्म चल्ने ब्याट्री दिइने कम्पनीले दाबी गरेको छ ।

यस अगाडिका एप्पलको स्मार्टवाचहरुमा १८ घण्टाको ब्याट्री लाइफ दिइएको छ । कम्पनीले यसलाई २०२० को अम्तिम अर्थात् २०२१ को सुरुवातमा सार्वजनिक गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com