घाँस काट्न जाँदा करेन्ट लागेर एकको ज्यान गयाे



प्रकाशित मिति : Feb 29, 2020
  • रबिना बोहरा

बागलुङ, १७ फागुन । बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । विद्युत चुहावट भएको तारमा छुदाँ करेन्ट लागेर काठेखोला गाउँपालिका–१ एक पाटास्थित चेली थापाको १६ वर्षिय छोरा स्वदेश थापाको मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टका अनुसार आमासँगै घाँस काट्नका लागि घर नजिकैको बारीमा गएको स्वदेशलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउन साथ उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

मृतक भिमसेन माध्यामिक विद्यालय बिहुँमा कक्षा १० मा अध्ययनरत थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com