दत्तात्रयका आकर्षक गमला फुटाउने दुई जनालाई जनही नगद ५ हजार जरिवाना



प्रकाशित मिति : Feb 29, 2020
  • रामगोपाल तमखु,

भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाको दत्तात्रय क्षेत्रमा राखिएको आकर्षक गमलाहरु फुटाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत विहीवार राति ११ बजेर ४० मिनेट समयमा मादक पदार्थ सेवन गरी त्यस क्षेत्रमा रहेका गमलाहरु फुटाएको सीसी क्यामेरामा कैद गरेको फुटेजको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० बस्ने रमेश सुवाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरुबाट प्रतिव्यक्ति नगद पाँच हजारका दरले जरिवाना गरेको नगरपालिकाले जानकारी दिएको छ ।

भक्तपुर नगरपालिकाले नगरको सम्पदा क्षेत्रहरुमा हरियाली व्यवस्थापन गर्ने उद्देश्यले नगरको बिभिन्न स्थानमा बोट–विरुवासहितको गमलाहरु राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com