सन्दीपको सफलताको अर्को अध्याय, टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने



प्रकाशित मिति : Feb 29, 2020

काठमाडौं, १७ फागुन । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टी–२० क्रिकेटमा १०० विकेट पूरा गर्न सफल भएका हुन् ।

एक सय विकेट लिएसँगै सन्दीप टी–२० मा एक सय विकेट लिने पहिलो नेपाली बलरसमेत बनेका छन् । शनिबार भइरहेको उक्त प्रतियोगितामा मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

लेग स्पिनर सन्दीपले ७५ खेलमा सय विकेट लिने यो सफलता पूरा गरेका हुन् । उनले राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय फ्रेन्जाइज लिगबाट यस ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन् ।

सन्दीपले २०१८ मा लड्र्समा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध टी–२० इन्टरनेशनलमा डेब्यू गरेका थिए ।

सन्दीपपछि सबै भन्दा बढी बसन्त रग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । त्यस्तै क्रमशः शक्ति गौचनले ३१ खेलमा ३२ विकेट, करण केसीले २७ खेलमा ३३ विकेट, सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com