आजको राशिफल : फाल्गुन १७ गते, शनिबार



प्रकाशित मिति : Feb 29, 2020

वि.सं.२०७६ साल फाल्गुन १७ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुअरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– षष्ठी,अहोरात्र । नक्षत्र– भरुणी,५२ घडी २२ पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रम्ह,०७ घडी ५९ पला,बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र । करण– कौलव,बेलुकी ०६ बजेर ४३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ-लेखाईमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाइले तपाईंको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेको छ । व्यापार-व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा-रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेशा-व्यावसाय स्वतस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाई-लेखाईमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया-प्रेममा एक अर्कालाइ बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने सम्यमित नभए अप्रिय घटना घटन सक्छ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाई लेखाईमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केहि समय पर्खनु नै उचित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरिको प्रशस्त सम्भावना रहेकोछ । तपाईको शालीन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरी उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार-व्यावसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा दिदिबहिनीबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ । नसोचेको धन सम्पत्ति हात लागी हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई-लेखाईमा प्रगति हुनेछ । आफन्तसँग पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । अध्ययन वा व्यापारकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी गरी मनग्य धन सम्पत्ति कमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवनसाथीसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि थाती रहेका काम बन्नेछन् भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले समयमा कामहरु बन्नेछन् । पढाई-लेखाईमा पहिलेभन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद-प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । विद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्य लाभ लिन सकिनेछ भने घर-परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । विवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई पछि पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गीत-संगीत तथा कला-साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार-व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

तपाईको दिन शुभ रहोस् !

– ज्योतिषि गणेश काफ्ले


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com