प्रणय कुञ्ज नेपालको ताजमहल अर्थात रानीमहल पनि प्रणय दिवसमा प्रेमिल जोडीको गन्तव्य बन्दै (भिडियो)



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन ।

१. प्रणय कुञ्ज नेपालको ताजमहल अर्थात रानीमहल पनि प्रणय दिवसमा प्रेमिल जोडीको गन्तव्य बन्दै

पाल्पाको रानीमहल अर्थात नेपाली ताजमहल । लामो समय गुमराहमा प¥यो र पारियो पनि ।

तर, सुन्दरता जतिसुकै लुकाए पनि कहाँ लुकाउन सकिन्छ र ? रानीमहलको विषयमा पनि यही भनाइ लागू हुन पुग्यो ।

१ सय २७ बर्ष अघि निर्मित रानीमहल कालीगण्डकी नदीको किनारामा तत्कालीन प्रधान सेनापति खड्ग शमशेर र रानी तेजकुमारीको प्रणयको तेजले उत्तिकै आकर्षक र तेजवान झै छ अझै पनि ।

यसपटकको प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेमा धेरै प्रेमिल जोडीहरु आआफ्नो प्रणयमा लीन हुन पुगे रानीमहलमा ।

रानीमहलबारे पछिल्लो समय भएको प्रचार प्रसार एवं यस्को सौन्द्धर्यतालाई लिएर भएको चर्चाका कारण आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यटक पनि यहाँ पुग्न थालेका छन् ।

दैनिक ५ सय बढी पर्यटकले रानीमहलको भ्रमण गर्दै गर्दा भ्रमण बर्ष २०२० लाई पनि यसले सहयोग पु¥याउने अवस्था देखिएको छ । तर, रानीमहल घुम्न जाँदा पर्यटकले भोग्नु पर्ने सास्तीका पाटाहरु पनि मनग्ये छन् ।

स्तरीय होटलसहित पूर्वाधारको अभावले रानीमहल बटुल्नु पर्ने पर्यटक अmभैm बटुल्न सकेको छैन, यसतर्फ ध्यान दिए रानीमहलले स्थायीरुपमा पर्यटक तान्ने सम्भावना प्रचुर छ ।

२. ‘हुलाक हराएको सूचना’ एक समय सबैको प्रिय हुलाकी दाई अब कहिले नभेटिने भए

अब एउटा सूचना टाँसिन बाँकी छ यो देशमा ‘हुलाक हराएको सूचना’ । कुनै समय नेपालको सबैभन्दा भरपर्दो र प्रिय मानिएको सूचना र सञ्चारको माध्यम हुलाक अहिले गुमनाम मात्र नभइ लगभग कामविहीन अवस्थामा पुगेको छ ।

एकपटक नेपालको गाउँघरमा मात्र नभइ शहर बजारमा समेत हुलाकी दाई भनेपछि सबैको प्रिय हुने गर्थे । चिठी आउला भनेर धेरेले धेरै समय विताउथे उनैलाई कुरेर ।

तर अहिले हुलाकी दाईको आगमन कहिं कतै देखिदैन मात्र होइन हुलाकी दाईलाई पर्खनेहरु पनि कोही भेटिदैनन् । सूचना प्रविधिको क्षेत्रमा भएको दू्रततर विकासले हुलाक हराएको छ अहिले सबैको दुनियाँबाट ।

तर, युरोप लगायत पश्चिमा धेरै मुलुकमा हुलालको अस्तित्व अझै उस्तै छ । अहिले नेपालमा भने सरकारी चिठीपत्र प्रयोग र वचत बैंकमा सीमित बनेको हुलाकलाई पुर्नजीवन दिन आवश्यक देखिएको छ ।

३. एमबीबीएस मुन्ना भाई होइन अब दाङ्गमा जन्मिए एमबीबीएस कुखुरा भाई

एमबीबीएस मुन्ना भाई यो फिल्मले एकपटक नेपालमा पनि राम्रै व्यापार गर्यो । भारतीय कलाकार सञ्जय दत्त केन्द्रमा रहेको यो फिल्मले नेपालमा पनि प्रभाव जमायो नै ।

तर अहिले दाङ्गमा अर्को एमबीबीएसको कथा चर्चामा आएको छ । तर उनी कुनै फिल्मको पात्रकोरुपमा होइन । तर उनलाई भने दङ्गालीहरु एमबीबीएस कुखुरा भाई भने सम्बोधन गर्न थालेका छन् ।

फिलिपिन्समा एमबीबीएस अध्ययन सकेर फर्किएका रुकुम मुसिकोटका राजन केही विरामी जाँच्न र डाक्टरको अभाव भएको क्षेत्रमा पुगेर स्वास्थ्य सेवामा जुट्नु भन्दा लोकल कुखुरा पालेर बसेका छन् । उनलाई डाक्टरी गर्नु भन्दा पनि हराउँदै गएको नेपाली लोकल कुखुरा पाल्नुमा नै रुची जाग्यो ।

त्यही भएर उनले आफ्नो भेनाजु संग मिलेर सुरु गरे ‘राइसा ह्याचरी एण्ड पोल्टी फार्म’ । जहाँ अहिले २ करोड ५० लाख बढी लगानी भएको छ र लोकल कुखुरालाई देशव्यापीरुपमा फैल्याउने उनको योजना छ ।

४.समाजमा व्याप्त कुरीतिविरुद्ध जनचेतना अभियान अर्थात कचहरी नाटक प्रभावकारी मानियो

समाजमा बढ्दो कुरीति चिर्ने सबैभन्दा बलियो माध्यम हो जनचेतना । समाजमा व्याप्त महिला हिंसा र बालविवाहको कहालीलाग्दो अवस्था चिर्न अहिले बिभिन्न जिल्लामा सुरु गरिएको कचहरी नाटक प्रभावकारी बन्दै गएको छ ।

स्थानीय विषयसंग गाँसिएको मुद्दाहरुलाई नाटकमा प्रधानता दिएको कारण पनि स्थानीयवासीहरुले नाटक अभिरुचीपूर्वक हेर्ने मात्र नभइ त्यस्को सन्देश पनि मनन गर्ने गरेका छन् ।

जसको प्रभाव समाजमा देखिदा वालविवाह र महिला हिंसाविरुद्ध घटनाप्रति समाज सचेत बन्न थालेको छ । सबै विषयमा सरकारको मात्र भर पर्नु भन्दा पनि आआफ्नो क्षेत्रबाट समाजका लागि केही दिन सके समाज फेरिन बेर लाग्दैन पनि, कचहरी नाटकको प्रभाव हो यो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com