बरफबाट बनाइएको अनौठो होटल !



प्रकाशित मिति : Feb 28, 2020

काठमाडौं, १६ फागुन । मानिसले आफ्नो घर, होटल वा भौतिक संरचना बर्षौं टिक्ने गरी बलियो बनाउँछन् । तर यो दुनियामा एउटा यस्तो होटल छ, जुन हरेक वर्ष निर्माण गरिन्छ अनि वर्षेनी पानीमै हराउँछ । आइस नाकम यो अनौठो होटल स्विडेनमा छ ।

बरफबाट बनेको यो होटल हरेक वर्ष जाडो याममा निर्माण गरिन्छ । तर जब गर्मी सुरु हुन्छ, यो होटल पग्लिन थाल्दछ र नदीको पानीमा समाहित हुन्छ । यो अनौठो होटल बनाउने परम्परा ३१ वर्ष अघिदेखि शुरु भएको हो । र, यस वर्ष पनि हालट ठड्याइएको छ ।

चिसोले जमेको टर्न नदीको किनारामा यो होटल बनाइएको छ । होटल निर्माणका लागि नदीबाट २५ सय टन बरफ निकालिन्छ । अक्टोबर महिनामा बनाइने यो होटल निर्माणका लागि विश्वभरका कलाकार आउछन् र हिउँमा आफ्नो कला देखाउछन् ।

पर्यटकहरुका लागि नौलो र आकर्षक यो होलटमा ३५ वटा कोठा रहेका छन् । माइनस ५ डिग्री सेलसियस तापक्रम रहेको यो होटलमा बस्न यस वर्ष ५० हजार पर्यटक आउने अनुमान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com