ट्रक र स्कुटर एक आपसमा ठोक्किदा १ को ज्यान गयो



प्रकाशित मिति : Feb 28, 2020
  • केदार शर्मा,

चितवन, १६ फागुन । चितवनको भरतपुरमा शुक्रबार साँझ ट्रक र स्कुटर एक आपसमा ठोक्किदा १ को ज्यान गएको छ ।

भरतपुर–१० बाइपास सडकस्थित हुलाक चोकमा आंपटारीबाट पारसबसपार्कतर्फ जाँदै गरेको ना ६ ख १४७५ नम्बरको ट्रक र बिपरित दिशाबाट आइरहेको ना ३१ प ४५८५ नम्बरको स्कुटर एक–आपसमा ठोक्किदा स्कुटरमा सवार एक पुरुषको ज्यान गएको हो ।

गम्भीर घाइते २०–२५ वर्षीय उक्त पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com