वामदेव गौतमलाई प्रक्रिया पूरा गरेर राष्ट्रियसभामा लगिने : ईश्वर पोखरेल, उपप्रधानमन्त्री



प्रकाशित मिति : Feb 28, 2020
  • तारा आचार्य,

विराटनगर, १६ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वामदेव गौतमलाई प्रक्रिया पु¥याएर राष्ट्रिय सभामा लैजाने बताउनु भएको छ ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग सचिवालय सदस्य समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले वामदेव गौतमलाई तत्कालै राष्ट्रिय सभामा लैजाने निर्णय नभएको बताउनु भयो ।

उहाँले नेकपा सचिवालयको निर्णय कार्यान्वयनका लागि नै भएको बताउदै समय आएपछि प्रक्रिया पु¥याएर नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारलाई असफल पार्ने प्रयास भइरहेको भएपनि यसलाई एकजुट भएर निस्तेज पार्ने बताउनु भयो ।

उहाँले सरकारको विकल्प खोज्ने कतै चर्चा र चाहना समेत नभएको बताउदै यही सरकार ५ वर्ष सम्म चल्ने बताउनु भयो ।

नेपाल ट्रष्टको जग्गा हकभोग सम्बन्धमा सोधिएको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले नेपाल ट्रष्टले श्वेत पत्र मात्र जारी गरेको र तिथिमितिमा केही अन्यथा परेको भए सच्याइने जानकारी दिनुभयो ।

उहाँले नेपाल ट्रष्टको जग्गा हकभोगका लागि दिँदा गल्ती नगरेको व्यक्तिले डराउनु नपर्ने जिकिर गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com