माइभ्याली गोल्डकप : आयोजकसँग भारतको ग्यान्टोक सिटी दुई शून्यले पराजित



प्रकाशित मिति : Feb 28, 2020
  • विनय तिम्सीना,

इलाम, १६ फागुन । इलामको ठूलो टुँडिखेलमा विहीबारबाट सुरु भएको छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा आयोजक माइभ्याली फुटबल क्लबले भारतको ग्यान्टोक सिटी फुटबल क्लबलाई २–० ले पराजित गरेको छ ।

शुक्रबार भएको खेलको पहिलो हाफमा दुवै टिमले राम्रो प्रदर्शन गरेपनि सिक्किमको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै आयोजकका विदेशी खेलाडी जोडन जुयनर डेम्लेले गोल गर्दै १–० को अग्रता दिलाए ।

दास्रो हाफको इन्जुरी समयमा आयोजकको विदेशी खेलाडी डेम्लेले नै दोस्रो गोल गर्दै आयोजकको जित सुनिश्चित गरेका हुन् ।

खेलको म्यान अफ द म्याच आयोजकका शिशिर लेखी भए । उनले नगद दश हजारसहित ट्रफी पाएका छन् । भोलिको खेल झापा ११ र भारत दर्जिलिङको एमएफसीबीच हुनेछ ।

प्रतियागितामा नेपालका ‘ए’डिभिजनका ३ वटा क्लबहरु (मच्छिन्द्र क्लब काठमाडौं), नेपाल आर्मी क्लब र संकटा क्लब काठमाडौं) र अन्य नेपाली क्लबहरुमा गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ र विदेशी टिममा भारतको नागालाइनको कोहीमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोर्टिङ क्लब, दार्जिलिङको एमएफसी दार्जिलिङ र सिक्किमको ग्यान्टोक सिटी फुटबल क्लबले सहभागिता जनाएका छन् ।

आयोजकको माइभ्याली फुटबल क्लबले पनि सहभागिता जनाएको छ । प्रतियोगिताको विजेताले आठ लाख नगद र ट्रफी पाउने छ ।

त्यस्तै उपविजेताले ६ लाख पाउनेछ, भने प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com